बिहीबार सुनको मूल्य घट्यो,कती छ बजार भाउ ?



काठमाडौँ –

बिहीबार सुनको मूल्य घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।  प्रतितोला १ हजार रुपैयाँले मुल्य घटेर बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, तेजावी सुन पनि बुधबारको तुलनामा बिहीबार १ हजार रुपैयाँले घटेको छ। बुधबार तेजावी सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ रहेकोमा बिहीबारका लागि प्रतितोला ७० हजार ७ सय रुपैयाँ तोकिएको छ।

चाँदीको मूल्यमा समेत कमी आएको छ। बुधबार ८ सय ९० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य बिहीबार ८ सय ६५ रुपैयाँ छ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेर आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा नै मूल्य घटेकाले नेपाली बजारमा पनि केही कम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  ७ : ५७ बजे