काठ्माण्डौ-
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपालका नेताहरुसग राजनितिक भेटघाट गरेका छन ।
राजदूत बेरीले बिहीबार कांग्रेस सभापति र सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखलाई भेटेका हुन्।
कांग्रेस सभापति देउवा र नेकपा विदेश विभाग प्रमुख माधवकुमार नेपाललाई भेट्न राजदूत बेरी उनिहरुकै निबाशमा पुगेका थिए ।
राजदूत बेरीले बूढानिलकण्ठ पुगेर सभापति देउवा र कोटेश्वरमा नेता नेपाललाई भेटेका हुन्।
भेटमा दुई देशबीचको पारस्परिक सम्बन्ध, सहयोग र संभावनाहरूबारे छलफल भएको बताइएको छ ।
पछिल्लो समय नेपालामा बढी रहेका चिनिया गतिबिधीहरु प्रती अन्य देश र बिभिन्न कुटनितिक नियोगहरुले आशङ्का ब्यक्त गरिरहेका बेला राजदुत बेरिले थालेको राजनितिक भेटघाटलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।










