मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जिल्ला मालपोत कार्यालय ओखलढुंगामा अनलाइनबाट सेवा सूचारु



जीवन शर्मा, ओखलढुंगा-

जिल्ला मालपोत कार्यालय ओखलढुंगामा आज बाट अनलाइन सेवा सूचारु भएको छ । आज एक सेवा ग्राहीलाई अनलाइन सेवा प्रबाह गरी मालपोत कार्यालय ओखलढुंगाको अनलाइन सेवा उद्घाटन गरेको हो ।

मोलुङ गाउपालिकाका–६ श्री चौर निवासी हेम बहादुर तामाङ लाई अनलाइन प्रविधि बाट निकालिएको लालपुर्जा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले हस्तान्तरण गरी अनलाइन सेवा उद्घाटन गर्नु भयो । प्रविधिको विकास लाई प्रयोग गर्दै अनलाइन सेवा सूचारु गरिएको कार्यालय प्रमुख कुमार खतिवडाले बताउनुभयो । देशभरका १ सय ३७ वटा मालपोत कार्यालयमा अनलाइन सेवा विस्तार गर्ने क्रममा आज ओखलढुंगा मालपोत कार्यलयमा अनलाइन सेवा विस्तार गरिएको कार्यालयले जनाएको छ ।

अनलाइन सेवा सूचारु भएपछि कार्यलयले दिने सेवाको प्रभावकारीता बृद्धिका साथै सेवा ग्रहीलाई छिटो छरितो सेवा दिने कार्यालयले जनाएको छ । अनलाइन सेवा सूरु भएपछि दक्ष जनशक्ति व्यवस्थापनमा चुनैति रहेपनि कामको गुणस्तरियता, शुसासन, छिटो छरितो सेवा प्रवाहमा ठुलो सहयोग पुुग्ने प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनु भयो । साथै देश भरका जग्गाको विवरण एकै ठाउबाट हेर्न सकिने हुँदा भू माफियाहरुको चलखेल बन्द गर्न सकिनुका साथै अनुसन्धानलाइ समेत यसले सहयोग पुुग्ने प्रजिअ आचार्यले बताउनु भयो ।

अनलाइन सेवा सूचारु संगै घर जग्गा कारोवारमा भइरहेका झन्जट लाइ मुक्त गर्दै सेवा प्रवाह र शुसासनमा बृद्धि हुने आम नागरिकले अपेक्षा गरेका छन् । अनलाइन सेवा लाई प्रभावकारी बनाउदै निरन्तरता दिन सबै तह र तप्का बाट सल्लाहा सुझाव र सहयोग आवश्यक रहेको कार्यालय प्रमुख कुमार प्रसाद खतिवडाको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहिबार  २ : ०४ बजे