दुधकोशी जलासय युक्त जलविद्युत परियोजना प्रभावित क्षेत्रमा सरोकार समिति गठन



जीवन शर्मा, ओखलढुंगा –

दुधकोशी जलासय युक्त जलविद्युत परियोजना प्रभावित क्षेत्रका स्थानीय हरुले सरोकार तथा सहयोग समिति गठन गरेका छन् । आज दुधकोशी किनार रबुवामा बसेको ओखलढुंगा,खोटाङ र सोलुखुम्बुका प्रभावित नागरिकहरुको भेलाले समिति गठन गरेको हो ।

तीनै जिल्लाका ३ सय प्रभावितहरुको भेला बाट ५१ सदस्य सरोकार समिति गठन गरिएको समितिका सचिव गोविन्द कोइरालाले जानकारी दिनुभयो । फटीक कुमार श्रेष्ठको संयोजकत्वमा गठित समितिले हाइड्रो पावर निर्माणमा सहयोग तथा सहजीकरण गर्ने,प्रभावित क्षेत्रका नागरिकले पाउने सेवा सुविधाका विषयमा सहजीकरण गर्ने र उक्त जलविद्युत आयोजनालाइ सफल बनाउन सहयोग गर्ने उद्देश्य रहेको सचिव कोइरालाले बताउनुभयो । गठीत समितिले एक हप्ता भित्रमा रबुवामा सम्पर्क कार्यालय खोली प्रभावितहरुको लगत संकलन गर्ने कार्य थालनी गर्ने समेत कोइरालाले जानकारी दिनु भयो ।

उक्त जलविद्युत आयोजनाको काम सुचारु गर्नका लागि केही समय अघि वातावरण सामाजिक प्रभाव मूल्यांकनको प्रतिवेदन सार्वजनिक भएको थियो । आयोजनाको काम लाई प्रभावकारी र छिटो गर्नका लागि प्रभावित क्षेत्र लगायत सबै पक्षसंगको समन्वयमा काम गर्नु पर्ने सरोकारवालाहरुले बताएका छन् ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  २ : २२ बजे