काठ्माण्डौ-
बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथी १२ अर्ब भ्रष्टाचार गरेको कुरा उठेपछी मन्त्री बस्कोटा पत्रकार सम्मेलनमै झोक्किएका छन्।
नेपाल टेलिकमको फोरजी सेवा बिस्तारमा १२ अर्ब भ्रष्टाचार भएको भन्दै पछिल्लो समय नेकपाकै नेताहरुले छनबिनको माग गरिरहेका छन ।नेकपा नेत्री राम कुमारी झाक्रीले फोरजि प्रकरणमा छानबिन हुनुपर्ने माग लगातार सार्बजनिक रुपमै उठाउदै आएकी छिन ।
आज आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुले समेत उक्त भ्रष्टाचार काण्डको कुरा उठाउदै मन्त्री बास्कोटासग जवाफ मागे पछी मन्त्री बास्कोटाले झोक्किदै संसदीय समितिमा जवाफ दिइसकेको भन्दै ठाडै अस्वीकार गरे। तर, फेरि ‘तपाईहरुले सोधिहाल्नुभयो’ भनेर प्रष्टिकरण दिँदै गए। ‘१२ अर्ब हैन १२ रुपैयाँ भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने म जे सजाय भोग्नुपर्छ त्यो सम्पूर्ण भोग्न तयार छु’, उनले आत्तिँदै भने, ‘त्यसकारण अफवाहको पछाडि लाग्नुपर्ने कारण छैन।’
मन्त्री बाँस्कोटाले यस विषयमा छानविन गरे आफूलाई कुनै परवाह नहुने पनि बताए। आफ्नो बारे छानविन गर्न उनले चुनौती समेत दिए। ‘छानविन गर्ने कुन कुन निकाय छन्’, उनले भने, ‘अख्तियार, संसदीय समिति, सिआइबी, नेपाल सरकार पनि आफैंले छानविन गर्न सक्छ। नेपाली मिडियाले तथ्य र सत्य छानविन गर्न सक्छ।








