जुम्ला-
कांग्रेस केन्द्रिय सदस्य एबम युबा नेता गगन थापाले नारणहीटीमा राजारानीलाई बस्न नदिएर सितल निवासमा महारानी राख्नकानिम्ति गणतन्त्र नल्याएको बताएका छन ।
बिहिबार नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले बर्तमान सरकारले लोकतन्त्र नमान्ने गणतन्त्र ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको आरोप लगाएका हुन ।
थापाले केपी शर्मा ओलीकै कारण संघियता असफल बन्न लागेको र अहिलेका मुख्यमन्त्रीहरु पनि मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको बताए।
थापाले नारणहीटीमा राजारानीलाई बस् नदिएर सितल निवासमा महारानी राख्नकानिम्ति गणतन्त्र नल्याएको बताए । लोकतन्त्र नमान्ने गणतन्त्र ठिक ठाउँमा राख्न नसक्ने र संघीयता जोगाउन नसक्ने बेइमानी काम गरेको आरोप लगाए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूलाई संघिएता खारेज हुने हो कि भन्ने कत्ति पनि चिन्ता छैन । वर्तमान सरकारका प्रधानमन्त्रीलाई संघीयता कत्ति पनि चित्त बुझेको छैन । संघीयता तलमाथि भयो भने प्रदेश नंबर ३ र कर्णाली प्रदेशले अधिकार गुमाउँछ । देशको अबिभाबक जस्तो प्रधानमन्त्रीले संघीयताको चिन्ता नगर्ने झन् मुख्यमन्त्री त प्रधानमन्त्रीका टोकपी हुन् उनलाइ के चिन्ता ?’
थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अयोग्य मात्र नभइ बेइमान रहेको आरोप लगाए । उनले भने ,’ यो सरकार अयोग्य मात्र होइन बेइमान पनि छ । यस प्रकारको समृद्धिको बहसमा जनता कहिपनि छैनन् । कर्णालीबासी छैनन, कर्णालीको जडिबुटि छैन, स्याउ छैन, यहाँका अस्पतालमा औषधि छैन, विद्यालयमा शिक्षक छैन विद्यार्थी छैन र सरकार पानीजहाजको रोमान्चित गफमा भुलिरहेको छ ।’










