काठमाडौँ,
कांग्रेस महामन्त्री डा . शशांक कोइरालाले सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपको सत्य र निष्पक्ष ढङ्बाट छानविन गर्नुपर्ने माग गरेका छन् ।सभामुख माथी लागेको आरोप गम्भीर मुद्दा भएको भन्दै त्यसको निष्पक्ष तवरबाट छानबिन गरेर आवश्यक निर्णय लिन सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रेस युनिएन काठमाडौंले आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले भने ‘हुनत यो आरोप आरोप मात्रै होला, तर त्यसमाथि छानबिन भएर तत्काल निर्णय लिनुपर्छ’ ।
समाजमा महिलाहरुमाथी असुरक्षाका घटनाहरु बढीरहेको बेला महिलामाथी हिंसाका घटनामा कोहि दोसी भए निष्पक्ष छानबिन हुनुपर्ने महामन्त्री कोइरालाको भनाइ थियो।बलत्कार जस्तो गम्भिर सामाजिक अपराधको आरोप लागेपछी सरकारले छानबिनको दायरामा ल्याएर कानुनी राज्य र नागरिक सुरक्षाको प्रत्याभुती गराउनुपर्ने कोइरालाको भनाइ थियो ।
सभामुख महरामाथि सोमबार साँझ संसद संचिवालयकै महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो । उनले सभामुखको पदबाट राजीनामा दिइसकेका छन् ।
महामन्त्री कोइरालाले रेडियो नेपालका ३ जना पत्रकारलाई सरकारले निष्काशन गरेकोमा आपत्ति जनाउँदै तत्काल पुनर्वहाली गर्न पनि आग्रह गरेको थियो। उनले सरकारले पत्रकारहरुमाथि नियन्त्रण हुने गरी कानुन बनाउन खोजेको दावी गर्दै सह्य नहुने चेतावनी पनि दिए।








