मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सभामुख पदबाट राजीनामा दिएका महराविरुद्ध पिडित महिलाद्वारा प्रहरिमा किटानी जाहेरी दर्ता



काठमाडौँ –

यौनकाण्डमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महराविरुद्ध बानेश्वर प्रहरिमा जबरजस्ती करणी गरेको आरोपमा किटानी जाहेरी दर्ता भएको छ ।

पीडित महिलाले शुक्रबार महराविरुद्ध बानेश्वर प्रहरी वृत्तमा उजुरी दर्ता गराएको प्रहरी श्रोतले पुष्टी गरेको छ ।पिडित महिलाले घटना भएको ६ दिनपछि शुक्रबार लिखित उजुरी दर्ता गराएकी हुन ।

महरा बिरुद्द जाहेरी परे सगै  अनुसन्धानका लागि अलमलमा परेको प्रहरिलाई अब घटनाको अनुसन्धान गर्ने बाटो खुलेको छ । अब महरा पक्राउ पर्न सक्ने समेत प्रहरी श्रोतले बताएको छ।आइतबार अदालत खुलेपछि अदालतको आदेश लिएर महरा पक्राउ पर्ने सम्भाबना रहेको प्रहरो श्रोतको भनाइ छ ।

यौन दुर्व्यवहार भएको आरोप लगाएकी महिलाले त्यसपछि भने बोली फेरेर आफूमाथि महराबाट कुनै दुर्व्यवहार नभएको भन्दै प्रहरीमा निवेदन दिए पछी उक्त घटानाले अर्कै मोड लिएको थियो ।

उक्त घटनाको बारेमा पछिल्लो समय सामाजिक सञ्जालामा प्रशस्त टिकाटिप्पणीहरु भइरहेका छन ।बिभिन्न राष्ट्रीय तथा अन्तर्‍आष्ट्रीय संस्थाहरुले समेत घटनाको बारेमा चासो देखाइ रहेका छन ।

घटनाको सत्य तथ्य छानबिनका लागी सरकारमाथी नागरिक स्तरबाट समेत ब्यापक दबाब छ ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार  ७ : ५० बजे