काठमाडौँ –
यौनकाण्डमा मुछिएपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।
पक्राउ पुर्जी अदालतले जारी गर्नुपर्ने भए पनि कसैलाई तत्कालै पक्राउ गर्नु्परे प्रहरीले जरुरी पक्राउ पुर्जी थमाएर पछि अदालतबाट पक्राउ पुर्जी लिने प्रचलन अनुसार पनि महरालाई प्रहरिले पक्राउ गर्न सक्छ ।आवाश्यक प्रकृया पुर्याइ अदालतको आदेश लिएर पक्राउ गर्ने प्रहरिको तयारी रहेपनी जरुरी पक्राउ पुर्जी थमाएर महरालाई पक्राउ पछी अदालतमा पेश गर्ने सम्भाबना रहेको पनि बताइएको छ ।दशै बिदाका कारण अदालत हाल बन्द रहेकाले म्याद थप लगायतका काम दसैँपछि मात्र हुने समेत सम्भाबना रहेको छ ।
संसद सचिवालयकै कर्मचारी रहेकी शाहीले गत आइतबार कोठामै आएर महराले आफूलाई बलात्कारको प्रयास गरेको आरोप लगाएपछि त्यसको पर्सीपल्ट महराले सभामुखबाट राजीनामा दिएका थिए।








