मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुभकामना आदान प्रदानका लागी प्रधानमन्त्री ओली झापा जादै



काठ्माण्डौ-

दशैको शुभकामना आदान प्रदान गर्न प्रधानमन्त्री केपी शर्मा ओली सोमबार गृह जिल्ला झापा जाने भएका छ ।

हरेक वर्ष झापाको विर्तामोडमा आयोजना हुँदै आएको शुभकामना आदान प्रदान कार्यक्रम यस वर्ष प्रधानमन्त्रीकै गृहनगर झापाको दमकमा हुन लागेको हो।

सोमबार १० बजे झापा आएर प्रधानमन्त्री ओली सिधै दमकको कस्मिक पार्टी प्यालेसमा जाने र शुभकामना आदान प्रदान कार्यक्रम सकेर फेरि भद्रपुर विमानस्थल हुँदै ४ बजे काठमाडौं फर्किने प्राधाअनमन्त्री ओलिको कार्यक्रम रहेको बताइएको छ ।

२५ वर्षदेखि हरेक वर्ष नवमीका दिन प्रधानमन्त्री ओलीले आफ्नै खर्चमा यस्तो कार्यक्रम गर्दै आइरहेका छन्। यसअघि लगातार बिर्तामोडमा आयोजना गरिएको यो कार्यक्रम यस वर्ष पहिलोपटक गृह नगर दमकमा आयोजना गरिएको बताइएको छ।

प्रकाशित मिति : २० आश्विन २०७६, सोमबार  ७ : २१ बजे