फुटबल प्रतियोगिता गर्ने विषयमा विवाद हुँदा काभ्रेमा वडा अध्यक्षमाथिनै गोली प्रहार



काठमाडौ–

फुटबल प्रतियोगिता गर्ने विषयमा कुरा नमिलेपछि विवाद हुँदा रोशी गाउँपालिका–११ मा आइतबार राति गोली चलेको प्रहरीले जनाएको छ ।

रोशी गाउँपालिका–११ कालढुङ्गास्थित पञ्चबुद्ध युवा क्लबको आयोजनामा दशैँको अवसरमा असोज २२ गतेबाट ‘खुल्ला बृहत् रोशी कप’को आयोजना गर्ने तयारी भइरहेकोमा उक्त बिषयमा बिबाद बढेपछी गोली चलेको हो ।

‘फुटबल प्रतियोगिताको विषयमा भएको विवादमा फायरिङ भएको भन्ने जानकारी आएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

छलफलमा विवाद भएपछि गोली चले पनि कसैलाई नलागेको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

वडा अध्यक्ष मिलन लामालाई लक्षित गरी गोली प्रहार भएको प्रहरीको अनुमान छ ।

प्रकाशित मिति : आश्विन २०, २०७६ सोमबार  ८ : ३८ बजे