श्वास फेर्न गाह्रो भएपछी निबर्तमान सभामुख महरा नर्भिक अस्पताल भर्ना



काठमाडौं, २३ असोज –

यौनकाण्डमा मुछिएको समाचार सार्बजनिक भएसगै सभामुख पदबाट राजीनामा दिएका र हाल प्रहरी हिरासतमा रहेका निबर्तमान सभामुख कृष्णबहादुर महरा  महरा अस्पताल भर्ना भएका छन् ।

महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा महरा प्रहरी हिरासतमा छन् । श्वास फेर्न गाह्रो भएपछि उनलाई दिउँसो १२ बजे अस्पतालमा भर्ना गरिएको प्रहरी स्रोतले जनाएको छ ।

महरालाई हिरासतमा पनि अक्सिजन दिएर राखिएको थियो । बिहीबार बिहानदेखि उनलाई श्वास फेर्न गाह्रो भएको र अवस्था जटिल देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

असोज  १९ गते महाअष्टमीको दिन उनलाई सभामुख निवास वालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो

प्रकाशित मिति : आश्विन २३, २०७६ बिहीबार  १ : ५५ बजे