काठमाडौं–
आइतबार सुनको मूल्य घटेको छ ।आइतबार प्रतितोला २०० घटेर रु ७0 हजार ४00 मा कारोबार भएको हो ।
गत शुक्रबार तोलामा ७० हजार ६०० मा सुनको कारोबार भएको भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी चाँदी आइतबार तोलामा ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










