काठ्माण्डौ-
कार्तिक ३ गते देखी ९ गते सम्मको राशिफल (नेपाली पात्रोबाट )
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो,
काम रोकिनाले आयआर्जनका स्रोत कमजोर बन्नेछन्। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। सोमवारदेखि परिवारमा केही मतभेद हुनाले उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। आफ्नो कमजोरीबाट अरूले फाइदा उठाउने समय रहेकाले सजग रहनुपर्ला। बुधवारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम सम्पादन हुनेछन्। स्वास्थ्य कमजोर रहनेछ तर कामको चाप भने बढ्न सक्छ। अध्ययनका लागि यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा जुझारु कार्यशैलीले प्रतिस्पर्धामा मनग्गे लाभ दिलाउनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुको दिन चुनौतीपूर्ण देखिन्छ। प्रतिपक्षीहरूले दुस्ख दिने हुँदा आत्मसम्मानका लागि केही समय मौन रहनु बेस होला। सोमवारदेखि स्थितिमा सुधार आउनाले लक्ष्यमा पुग्न सकिनेछ। मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। बुधवारदेखि परिवारमा समझदारी कायम गर्ने प्रयास गर्नुहोला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समय दिन नसकिएला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। वादविवादबाट भरसक जोगिने प्रयास गर्नुहोला। पहिलेका सहयोगीहरूले विपक्षी मार्ग अवलम्बन गर्न सक्छन्। तापनि साथीभाइको सञ्जाल फराकिलो हुनुका साथै शुभचिन्तकहरूको सहयोगले धेरै रोकिएका काम सम्पादन हुनेछन्। बुधवारपछि दिगो कामतर्फ अग्रसर भइनेछ। बहुमूल्य वस्तुहरू संकलन गर्न सफलता मिल्नेछ। सप्ताहान्तमा भने केही घरेलु समस्यामा अल्झनुपर्ला।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउने हुँदा सावधानी अपनाउनुहोला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। सोमवारदेखि स्थितिमा सुधार आउनाले विभिन्न अवसर प्राप्त हुनेछन्। तर्कशक्ति बढ्नेछ भने रचनात्मक काम गरेर पुरानो पद्धतिमा सुधार ल्याउन सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। तर खानपानको असावधानीले स्वास्थ्यमा समस्या आउन सक्छ। रोकिएका काम दोहोर्याउनुपर्ला। व्यर्थैको वादविवादमा अलमलिनुपर्ला। सप्ताहान्तमा कामले कीर्तिमानी दिलाउनेछ। ९नेपाली पात्रो०
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुरुमा विशेष अवसर जुट्नुका साथै पछिसम्म फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका स्रोतहरू बढ्नुका साथै मनग्गे धनलाभ हुनेछ। सोमवारदेखि सरसापटमा धन बाहिरिनाले बचत भने नहुन सक्छ। परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। यस बीचको लगानी पछिका लागि फाइदाजनक हुनेछ। बुधवारपछि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। सप्ताहान्तमा भने विवादास्पद काम गर्नुपर्ला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। सोमवारदेखि आम्दानी बढ्नेछ र प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आँटले काममा सफलता पनि दिलाउनेछ। बीचमा आकस्मिक खर्च बढ्नाले परिस्थितिवश अर्थ अभाव देखा पर्न सक्छ। रकम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। सुखद समाचारले मनमा उत्साह जगाउनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रारम्भमा वादविवाद आउनाले चिताएको काम रोकिन सक्छ। धेरै समय सामाजिक काममा जुट्नुपर्ला। सुरुमा चुनौती देखिए पनि सोमवारदेखि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। बीचमा आयआर्जनका क्षेत्रमा केही वादविवाद आउने देखिन्छ। सप्ताहान्त पनि परिस्थितिवश केही खर्चिलो बन्न सक्छ।
बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रारम्भमा स्वास्थ्य कमजोर रहनाले पछि परिनेछ। परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। फाइदा नहुने काममा धेरै समय जुट्नुपर्ने देखिन्छ। बुधवारपछि स्थितिमा सुधार आउनेछ भने मिहिनेत गरेर नाम र दाम हात पार्न सफल भइनेछ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरु होला। सप्ताहान्तमा आम्दानी बढ्नेछ तर सोचेको रकम सञ्चय भने नहुन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रारम्भमा चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। प्रियजनसँग भेटघाट हुनेछ। रमाइलो यात्राका बीचमा आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। सोमवारदेखि केही अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाए पनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। बुधवारपछि टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त भइरहनेछन्। रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। प्रियजनसँगको भेटघाटले साता रमाइलो रहनेछ। प्रेम र मित्रताको बन्धन कसिने बलियो सम्भावना देखिन्छ। बुधवारपछि परिस्थितिवश केही झमेला आइलाग्न सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने हुँदा गोपनीयतामा विशेष ध्यान दिनुहोला। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएको काम बन्नेछ। रोकिएको काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
ब्त्रगबचष्गकप्रारम्भमा हतारका काममा ढिलासुस्ती हुन सक्छ। चुनौती देखिए पनि बिस्तारै आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि सोमवारपछि आँट गर्दा रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। व्यापार तथा उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। साताको अन्त्यमा भने स्वास्थ्य कमजोर रहनाले काम बिग्रने डरले सताउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
हल्लाको पछि लाग्दा केही समस्या हुनेछ। पूर्वार्द्धमा केही चुनौती देखा सामना पर्नेछन्। घरमा असमझदारी बढ्नाले काममा पनि बाधा हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले अध्ययनमा समय दिन नसकिएला। बुधवारदेखि स्थितिमा सुधार आउनाले आयआर्जनका स्रोत पनि बढ्नेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। सप्ताहान्तमा रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान समेत पाइनेछ।