राजबिराज-
सप्तरी प्रहरीले जिल्लामा अपराध नियन्त्रण अभियानसँग सँगै अवैध रुपमा लगाइएको गाँजाको बोट फडान र नष्ट गर्ने अभियानलाई समेत निरन्तरता दिएको छ ।
प्रहरीले जिल्लाको बोदेबर्साइन नगरपालिका क्षेत्रमा अवैध रुपमा लगाइएको सात सय गाँजाका बोटहरु फँडान गरि नष्ट गरेको छ ।
गोप्य सूचनाको आधारमा आईतबार ईलाका प्रहरी कार्यालय बोदेबर्साइन, कडरबोना र शसस्त्र प्रहरीबल बोडर्रआउट पोष्ट बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी टोलीले सात सय गाँजा बोट फँडानी गरेको हो ।
जिल्लाको खोजी टोलीले गाँजा खेती भईरहेको सो नगरपालिकाको वडा नं. २, ३ र ५ मा सो परिमाणको गाँजाको बाट नष्ट गरेको डिएसपी तिलक भारतीले बताए ।










