पूर्वसभामुख महरामाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप



काठमाडौं–

पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थप सात दिनको समय थप गरेको छ ।

म्याद थप भएपछि उनको तिहार पनि हिरासतमै बित्ने भएको छ। संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको आरोप लागेका उनी केही हप्तायता प्रहरीको अनुसन्धानमा छन्।

यसअघि प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा उपस्थीत गराइएको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले उनीमाथि अनुसन्धान गर्न थप समय दिएको हो।

प्रहरीले महरालाई असोज १९ गते प्रहरीले बालुवाटारस्थित सभामुखको निवासबाट पक्राउ गरेको थियो। उनी १८ दिनदेखि प्रहरी थुनामा छन्। पक्राउ गरेको दिनदेखि २५ दिनभित्र अनुसन्धान गरिसक्नुपर्ने हुन्छ।

अदालतले असोज २८ गते उनलाई थप ३ दिन र कार्तिक ३ गते थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न समय दिएको हो।

प्रकाशित मिति : कार्तिक ७, २०७६ बिहिबार  १ : ३४ बजे