नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गरोस : प्रधानमन्त्री ओलि



काठमाडौं –

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवतले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन्।

नेपाल संवत् ११४० को अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। उनले सन्देशमा नेपाल संवत् मौलिक संवत् भएको, नेपालबाट प्रचलनमा ल्याइएको र परोपकारका कामबाट शुरु गरिएको उल्लेख गरिएको छ ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “नेपाल संवत्ले हामीलाई परोपकारतर्फ प्रेरित गरोस्, उज्यालो तर्फ जान प्रेरित गरोस् र यस चाडले हामी सबैको एकतालाई मजबुत बनाओस् ।”

नेपाल संवत्का प्रवर्तक शङ्खधर शाख्वाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले उनको योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गरिएको सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित मिति : कार्तिक १२, २०७६ मंगलबार  ९ : ०१ बजे