प्रधानमन्त्री ओली अस्वस्थ भएपछि ग्राण्डी अस्पतालमा



काठमाडौँ –

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ्य भएपछि स्वास्थ्य परिक्षणका लागि ग्राण्डी अस्पताल पुगेका छन  ।

ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखिएपछि प्रधानमन्त्री ओली बुधबार बिहान धापासी स्थित ग्राण्डी अस्पताल पुगेका हुन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ ।

१३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली नियमित स्वास्थ्य जाँच गरिँदै आएकाे छ।

दुई महिनाअघि मात्रै ओलीको सिंगापुरमा प्लाज्माफेरेसिसबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

प्रकाशित मिति : कार्तिक १३, २०७६ बुधबार  ६ : ५९ बजे