काठमाडौं–
माछापुच्छ्रे बैंक लिमिटेडले हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि संचालक पदमा नियुक्त गरेको छ ।
कार्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त हुन गएको संचालक पदमा हरिभक्त सिग्देललाई आगामी बार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।
सिग्देल बैङ्किङ क्षेत्रमा अनुभबी ब्यक्ती मानिन्छन ।










