झापामा हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु



झापा

झापा र झापामा हात्ती धपाउन थापीएको नाङ्गो तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

झापाको बुद्ध शान्ति गाउँपालिका(४ स्थित नवज्योति सामुदायिक वन भित्र रहेको पानीको खोल्सिमा हात्ती धपाउन थापेको नाङ्गो बिजुलीको तारमा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष १८ को अभिनास राई र भोजपुरको साल्पासिलिछो गाउँपालिका(५ घर भई बुद्ध शान्ति गाउँपालिका(४ स्थित पेरीश राईको घरमा पाहुना आएका बर्ष ३८ को मणिराम राई रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा तत्काल प्रहरीको टोली परिचालन भएको र घटना बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार  ५ : ५७ बजे