काठमाडौं, १८ कात्तिक –
रौतहटमा बम विस्फोटका घाईतेहरुलाई जिउँदै ईट्टा भट्टामा जलाएको आरोपमा पक्राउ परेका निलम्बित सांसद मोहम्मद अफ्ताव आलम बिरुद्द सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ।
जिल्ला अदालत रौतहटमा आलम बिरुद्द सोमबार जन्मकैदको माग गर्दै मुद्दा दायर गरेको हो ।
उनीमाथिको मुद्दाको थुनछेक बहस भने भोलिबाट सुरु हुनेछ ।










