मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका औपचारिक रुपमा बाहिरिने



काठ्माण्डौ, एजेन्सि-

जलवायु परिवर्तनसम्बन्धी एउटा महत्त्वपूर्ण सम्झौताबाट बाहिरिने अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई  जानकारी गराएको छ।

प्यारिस अग्रीमन्ट भनेर समेत चिनिने उक्त सम्झौताले १८८ राष्ट्रहरूलाई एकीकृत गरेको सम्झौताबाट पूर्ण रूपमा बाहिरिने अमेरिकाले अमेरिकाले संयुक्त राष्ट्रसङ्घलाई  जानकारी गराएको हो । यधपी अमेरिकाले उक्त सम्झौताबाट पूर्ण रूपमा बाहिरिन भने अझै एक वर्ष लाग्ने बताएको छ। जालवायू परिवर्तनका क्षेत्रमा ऐक्यबद्ध भएर लड्ने प्रतिवद्धता व्यक्त भएको सो सम्झौतामा विश्वका अमेरिकासहितका विश्वका एक सय ८८ देश सहभागी छन्

प्राप्त समाचारअनुसार यस प्रयोजनका लागि संयुक्तराज्य अमेरिकाले संयुक्त राष्ट्रसंघलाई मङ्गलबार औपचारिक पत्र पठाएको हो

गत महिना विदेशमन्त्री माइक पोम्पेओले सम्झौताले आफ्नो मुलुकमाथि अनुचित आर्थिक बोझ थोपरेको बताएका थिए।

गत वर्ष सम्झौताबाट बाहिरिने योजनाबारे प्रतिक्रिया जनाउँदै ट्रम्पले आफू अमेरिकाको प्रतिनिधित्व गर्नका लागि निर्वाचित भएको र अमेरिकाको हितमा नरहेका सबै सम्झौताबाट आफ्नो देश बाहिरिने बताएका थिए।

अमेरिकाको बहिर्गमनले अन्य राष्ट्रलाई पनि त्यसै गर्न नैतिक र राजनीतिक आड पुग्ने उसको आकलन छ। रुस र टर्कीलाई त्यसको उदाहरणको रूपमा प्रस्तुत गरिएको छ। ती दुवै राष्ट्रले सम्झौतामा हस्ताक्षर गरे पनि त्यसलाई अनुमोदन भने गरेका छैनन्।

 

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : २३ बजे