सुन्तलाको सिजन शुरु भयो : यस्ता छन सुन्तला खादा हुने फाइदाहरु



काठ्माण्डौ, एजेन्सि-

यस बर्षको सुन्तलाको सिजन शुरु भएको छ ।

सुन्तला धेरैको रोजाइमा पर्ने फल हो ।  सुन्तला स्वादका लागि मात्र नभएर स्वास्थ्यका हिसाबले समेत राम्रो मानिन्छ ।

सुन्तला खादा के के छन फाइदाहरु ?

१, सुन्तलामा पाइने फाइबरको मात्राले पाचन प्रणाली बलियो बनाउन मद्दत गर्छ । दैनिक खाँदा कब्जियतबाट समेत छुटकारा पाउन सकिन्छ ।

२ सुन्तलामा प्रशस्त साइट्राइट लिमोनोइड्स पाइन्छ । जसले फोक्सो, छाला, स्तन, पेट र मलाशयमा हुने क्यान्सरको जोखिम कम गर्छ ।

३, मुटुरोग पोटासियमको कमीका कारण लाग्ने गर्दछ । सुन्तलामा पाइने पोटासियम र इलेक्ट्रोलाइट मिनरलले मुटुको गतिविधिलाई सुचारु राख्न मद्दत गर्छ । अनि, मुटु स्वस्थ रहन्छ ।

४, सुन्तलाको बोक्रा पिँधेर बनाइएको धुलो दूध पाउडर या गुलाब जलसँग मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।

५, सुन्तलाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसले कोलेस्ट्रोल सन्तुलनमा राख्छ ।

६, सुन्तलाले पिसाब अथवा मिर्गौलासम्बन्धी रोग निको पार्न सहयोग गर्छ

७, थकाइ लागेका वेला सुन्तला खाँदा तत्कालै सहज महसुस हुन्छ ।

 

प्रकाशित मिति : मंसिर ५, २०७६ बिहीबार  १२ : ४४ बजे