सुनको भाउ घट्यो ,कती छ शुक्रबारको मुल्य ?



काठ्माण्डौ-

बजारमा सुनको मुल्यमा गिरावट आएको छ ।

सुनको मुल्य घटबढ्लाई सामान्य नै मान्ने गरिएको छ ।

यसै बिच  आज सुनमा प्रतितोला ३ सय रुपैयाँ घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो बिहीबार भने सुन सय रुपैयाँ प्रतितोला घटेर कारोबार भएको थियो ।

आज छापावाल सुन प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ । हिजो भने ७२ हजार रुपैयाँ प्रतितोलामा छापावाल सुनको कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (बिहीबार) ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन अस्ति (बुधबार) भने प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको भाउ भने स्थिर रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७६ शुक्रबार  ७ : ०७ बजे