न्यू सञ्चार, काठ्माण्डौ-
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन । ।
थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि भेन्टिलेटरबाट हटाइएको छ ।
एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।
प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा उपचार हुँदै छ ।










