सुनको मूल्य घट्यो,बिहिबार तोलामा कति ?



न्यू सञ्चार, काठ्माण्डौ-

बजारमा बिहिबार सुनको मूल्य केही घटेको छ ।

बुधवार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७१ हजारमा कारोबार भइरहेको छ ।

यस्तै तेजाबी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।

यस्तै बिहिबार चाँदीको मूल्य घटेर तोलामा ५ रुपैयाँले घटेर ८५० रुपैयाँमा कारोबार भएको पनि महासङ्घले जनाएको छ । यसअघि बुधवार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।

सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ ।अहिले बिबाहको सिजन भएकोले मुल्य घटे पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।

प्रकाशित मिति : मंसिर १२, २०७६ बिहीबार  ७ : ३६ बजे