न्यू सञ्चार, काठ्माण्डौ-
बजारमा बिहिबार सुनको मूल्य केही घटेको छ ।
बुधवार तोलामा ७१ हजार २०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा २ सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ७१ हजारमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन तोलामा ७० हजार ७०० मा कारोबार भएको छ ।
यस्तै बिहिबार चाँदीको मूल्य घटेर तोलामा ५ रुपैयाँले घटेर ८५० रुपैयाँमा कारोबार भएको पनि महासङ्घले जनाएको छ । यसअघि बुधवार चाँदी तोलामा रु ८५५ रुपैयाँ रहेको थियो ।
सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ ।अहिले बिबाहको सिजन भएकोले मुल्य घटे पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।










