हुम्ला-
हुम्लामा बुधबार भएको टिप्पर दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ४ पुगेको छ । ११ जना घाइते छन् ।
दुर्घटनामा घाइते ११ जना बिरामीलाई सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज लगिएको छ । सिमकोट गाउँपालिका–७ लाग्ना भन्ने ठाउँमा लु ४ ख ३२६९ नम्बरको टिप्पर बुधबार दिउँसो सदरमुकाम सिमकोटतर्फ आउँदै गर्दा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा परी घटनास्थलमै तीन जनाको र उपचारको क्रममा जिल्ला अस्पतालमा एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा नाम्खा गाउँपालिका– १ हेप्का गाउँकी नरी लामा, छिरिङकार्मा लामा र हिल्सा सिमकोट सडक आयोजनाका कार्यालय सहयोगीको खार्पुनाथ गाउँपालिका–१ का बबरजंग शाही र सिमकोट गाउँपालिकाका ५४ वर्षीय वक्त रोकाया रहेका छन् ।
घाइतेको जिल्ला अस्पताल हुम्लामा उपचार सम्भव नभएकोले जिल्ला बाहिर लैजान सेनाको हेलिकप्रमार्फत नेपालगञ्जतर्फ लगिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताए ।










