सागमा पौडी खेलका लागी पोखरीमा पानी भर्ने तयारि,पोखरी भरीन ११ घण्टा लाग्ने



१३ मंसिर, काठमाडौं

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को पौडी प्रतियोगिता सञ्चालनका लागि  स्वीमिङ पुल निर्माणको काम सकिएको छ ।

काम सकिए सगै शुक्रबारसम्म स्वीमिङ पुलमा पानी राखिनेराष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

स्वीमिङ पुलमा १३ लाख लिटर  पानी भरिन करिब ११ घण्टा लाग्नेछ । शनिबारसम्ममा स्वीमिङ पुल पौडीका लागि तयार हुनेछ ।

स्वीमिङ पुलका लागि आवश्यक पानी रिजर्भ ट्यांकीमा राखिसकिएको छ । पानी तताएर फिल्टर गरेपछि पोखरीमा राख्ने राखेपको तयारी छ ।

 

प्रकाशित मिति : मंसिर १३, २०७६ शुक्रबार  ८ : ५५ बजे