साग : नेपालले जित्यो ७ स्वर्ण सहित १ रजत र १ कास्य पदक



काठमाडौं-

तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एसियाली खेलकुदमा नेपालले ७ स्वर्ण, १ रजत र १ कास्य पदक जितिकेको छ ।

करातेका मण्डेकाजी श्रेष्ठले नेपाललाई व्यक्तिगत पुरुष काता प्रदर्शनमा पहिलो स्वर्ण पदक दिलाएका छन् ।

महिला टिम कातामा निर्मला तामाङ, संगीता मगर र सरु कार्कीको समूहले पनि स्वर्ण पदक जितेको छ।

तेस्तै करातेको पुरुष टिम कातामा पनि नेपालले स्वर्ण जितेको छ। मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धर रहेको समूहले स्वर्ण जितेको हो। तेक्वान्दोको व्यक्तिगत पुरुष काता प्रदर्शनमा नेपालका कमल श्रेष्ठले स्वर्ण पदक दिलाएका छन्। यस्तै ट्रयाथलोनमा पनि नेपालले स्वर्ण जितेको छ। नेपालकी सोनी गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।

तेस्तै तेक्वान्दो खेलमा सिना लिम्बू मादेनले स्वर्ण दिलाएकी छिन्। यस्तै लक्ष्मण तामाङले ५५ केजी समूह कराते किक बक्सिङमा स्वर्ण जितेका छन् ।

नेपालकी चञ्चला दनुवारले महिला एकल कातामा रजत पदक जित्न सफल भइन्। चञ्चलाले फाइनलमा पाकिस्तानकी सइदासँग पराजित भइन्।

यसअघि पहिलो चरणमा आफ्नो समूहमा रहेका बंगलादेशका हुमारिका अख्तर र भुटानका सोनाम ल्हामोलाई हराउँदै चञ्चला फाइनलमा प्रवेश गरेकी थिइन्। त्यस्तै, पुरुष ट्रायथलोनको पुरुषतर्फ भने नेपालका बसन्त थारुले कास्य पदक जितेका छन्।

प्रकाशित मिति : मंसिर १६, २०७६ सोमबार  ९ : ०४ बजे