तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)मा नेपाललाई थप चार स्वर्ण पदक



काठमाडौ‌

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत आज बिहान भएका विभिन्न खेलमा नेपालले थप चार स्वर्ण पदक जितेको छ।

नेपालले आज उसुमा दुई तथा कराते र डुवाथोलनमा एक एक स्वर्ण जितेको हो।

यो सँगै नेपालले अहिलेसaम्म १९ स्वर्ण, चार रजत र आठ कास्यसहित तालिकाको शीर्ष स्थानमा रहेको छ।

त्यस्तै श्रीलङ्का ४ स्वर्ण, ६ रजत र ११ कास्यसहित दोस्रो तथा भारत ३ स्वर्ण, ८ रजत र ५ कास्यसहित पदकतालिकाको तेस्रो स्थानमा छ

प्रकाशित मिति : मंसिर १७, २०७६ मंगलबार  ७ : ०१ बजे