काठ्माण्डौ-
१३औं दक्षिण एसियाली खेलकुद (साग)मा एथ्लेटिक्सको पुरुष ५ हजार मिटर दौडमा निर्धारित दूरी १४ मिनेट ५४ .२० सेकेन्डमा पूरा गर्दै नेपालका गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन्।
पार्कीले निर्धारित दूरी १४ मिनेट ५४ .२० सेकेन्डमा पूरा गरे।
दोस्रो स्थान भारतीय धावकले हात पारे। भारतका सुनील धावरले १४ मिनेट ५५ .२१ सेकेन्डमा दौडिए।
सुनीलले अग्रता लिइरहेको अवस्थामा गोपीले अन्तिम अवस्थामा दौड जितेका हुन्।
हाल सम्म सागमा नेपालले ३७ स्वर्ण पदक जितेको छ ।










