काठमाडौं-
बजारमा शुक्रबार पनि सुनको मुल्य घटेको छ ।
बिहीबारको बजार मुल्य भन्दा प्रतितोला ३ सय रुपैयाँले घटेर शुक्रबार सुनको कारोबार भइ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
महासंघका अनुसार शुक्रबार तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँ तोकिएको छ।तेजावी सुन बिहीबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोलामा ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार पनि ८ सय ५० रुपैयाँनै कायम रहेको छ ।
सुन चादिको मुल्यमा भइरहने घटबढलाई सामान्य मान्ने गरिन्छ ।अहिले बिबाहको सिजन भएकोले मुल्य घटे पनि कारोबार बढ्ने ब्यबसायीहरुको अपेक्षा छ ।










