काठमाडौं-
१३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पौडी अन्तर्गत गौरिका सिंहले अर्को स्वर्ण जितेकी छन्। शुक्रबार भएको २०० मिटर ब्याकस्ट्रोकमा उनले स्वर्ण जितेकी हुन्।
गौरिकाले २ मिनेट १७ .७३ सेकेण्डमा निर्धारित दुरी पुरा गर्दै स्वर्ण जितेकी हुन् । योसँगै गौरिकाले नेपालालाइ लगातार दोस्रो दिन स्वर्ण दिलाएकी छिन ।।
यसअघि बिहीबार सातदोबाटोमा भएको प्रतियोगितामा उनले २०० मिटर फ्री स्टायलमा नेपालका लागि स्वर्ण जितेकी थिईन्। गौरिका सागको पौडीमा व्यक्तिगत विधामा दुई स्वर्ण जित्ने पहिलो खेलाडी समेत बनिन् ।










