तेह्रौँ सागः ४५ स्वर्ण पदक सहित नेपाल दोस्रो स्थानमा, भारत पहिलो



काठमाडौँ –

तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।

भारत पहिलो स्थानमा रहेको छ।

अहिले सम्म  भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ।

नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ।

यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो। जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन्।

पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।

 

प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार  ५ : ५५ बजे