काठमाडौँ –
तेह्रौँ दक्षिण एशियाली खेलकूद सागमा नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित पदक तालिकामा दोस्रो स्थानमा रहेको छ।
भारत पहिलो स्थानमा रहेको छ।
अहिले सम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ।
नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ।
यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बङ्गलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ।
नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो। जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन्।
पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन्।










