काठमाण्डौँ, २३ मंसिर –
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण जितेका छन ।
उनले ६४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
थापाले भारतका बक्सर मनिस कौसिकलाई पराजित गरेका हुन् ।
योसंगै नेपालले बक्सिङमा दुई स्वर्ण जितेको छ ।
नेपालका लागि महिला बक्सर मिनु गुरुङले अर्को स्वर्ण दिलाएकी हुन् ।










