१३ औं साग : महिला फुटबलमा भारतसँग नेपाल पराजित : प्रशिक्षक हरी खड्काले दिए राजीनामा



पोखरा –

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत  पोखरा रंगशालामा सोमबार भएको महिला फुटबल फाइनलमा भारतसँग २–० गोल अन्तरले पराजित भएपछि नेपाली महिला फुटबलका प्रमुख प्रशिक्षक हरी खड्काले राजीनामा घोषणा गरेका छन्।

महिला फुटबलमा नेपालले रजत पदक जितेको छ ।भारत सगको हार सगै नेपालले रजतमा चित्त बुझाएको हो ।

भारतविरुद्ध पहिलो हाफमा एक गोल खाएको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो ।

नेपाल १२ औं सागमा पनि भारतसँग पराजित हुँदै रजतमा समेटिएको थियो ।

भारतसँग पराजित भएसँगै महिला फुटबलमा नेपाल पुनः स्वर्ण जित्न असफल भएको छ ।

 

 

प्रकाशित मिति : मंसिर २३, २०७६ सोमबार  ४ : ०९ बजे