साग पुरुष फुटबलमा भुटानलाई हराउदै नेपालले जित्यो स्वर्ण



काठमाडौं-

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा  भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालले  भुटानलाई २–१ गोल अन्तरले हराएको हो । पहिलो हाफमा नेपालले लिएको सुरुवाती अग्रतालाई भुटानले बराबरी गरेको भए पनि दोस्रो आफमा नेपालले फेरि अग्रता लिएको थियो ।

नेपालका लागि अभिषेक रिजालले १६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए तर ३७ औं मिनेटमा भुटानका कप्तानले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएकोमा दोस्रो हाफको ५३ औं मिनेटमा सुनिल बलले गोल गर्दै नेपाललाई फेरि अग्रता दिलाएका थिए ।

प्रकाशित मिति : मंसिर २४, २०७६ मंगलबार  १ : ०६ बजे