काठ्माण्डौ-
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको राष्ट्रिय सम्मानकासाथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनको लागि सोमबार मध्यान्ह १२:३० बजेदेखि १:३० बजेसम्म चलचित्र विकास बोर्डको प्रांगणमा राखिएको थियो। त्यसपछि पशुपतिमा दाहसंस्कार गरिएको हो।
भट्टराईको पार्थिव शरीरलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपालको झण्डा ओढाएका थिए।
भट्टराईका १५ वर्षीय छोराले दागबत्ती दिएका थिए।










