मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाकिस्तानका नसीम बने टेस्टमा ५ विकेट लिने कान्छा फास्ट बलर



काठमाडौं । १३ वर्षपछि घरेलु मैदानमा पाकिस्तानले पाहुना टोली श्रीलंकालाई हराउँदै टेस्ट सिरिजमा कब्जा जमाएको छ। पहिलो टेस्ट बराबरीमा सकिएकोमा पाकिस्तानले दोश्रो टेस्टमा २६३ रनले श्रीलंकालाई हराउँदै सिरिज १-०ले आफ्नो पक्षमा पारेको हो।

यस म्याचमा पाकिस्तानका चार ब्याटस्म्यानले शतक बनाए। यसका बाबजुद सबैभन्दा बढी चर्चा भने युवा बलर नसीम शाहले बटुले। शाहले म्याचको अन्तिम पारीमा ३१ रन दिएर पाँच विकेट लिएपछि उनले चर्चा बटुलेका हुन्।

यसले उनलाई टेस्ट क्रिकेटमा पाँच विकेट लिने सबैभन्दा कान्छा फास्ट बलर बनाएको छ। उनले सोमबार कराचीको नेशनल स्टेडियममा सोमबार यो उपलब्धी हासिल गरेका हुन्।

नसीमले यो उपलब्धी १६ वर्ष ३०७ दिनको उमेरमा हासिल गरेका हुन्। उनले यो प्रदर्शनबाट आफ्नै देशका मोहम्मद आमिरको कीर्तिमान भंग गरेका छन्। आमिरले १७ वर्ष २५७ दिनको उमेरमा टेसट क्रिकेटमा पहिलोटपक पाँच विकेट लिएका थिए।

आफ्नो देशको कीर्तिमान भंग गरेपनि नसिम पाँच विकेट लिने सबैभन्दा कान्छा बलर भने बन्न पाएनन्। यो कीर्तिमान पाकिस्तानकै नसीम उल गनिको नाममा छ। गनीले सन् १९५८ मा जर्जटाउनमा वेस्ट इण्डिजविरुद्ध १६ वर्ष र ३०३ दिनको उमेरमा पाँच विकेट लिदैं कीर्तिमान बनाएका थिए।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ३ : १५ बजे