मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले गुमायो दुई तिहाई बहुमत, चाहिने विषयमा बहुमत नपुग्ने



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दुई तिहाई बहुमत गुमाएको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएसंगै केपी शर्मा ओली नेतृत्वको सरकारलाई साधारण बहुमत मात्र प्राप्त छ ।

समाजवादी पार्टी बाहिरिँदा सरकारको वैधानिकतामा प्रश्न नउठे पनि सरकारले चाहँदा संविधान संशोधनलगायत संसदमा दुई तिहाइ बहुमत चाहिने विषयमा बहुमत नपुग्ने भएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुईतिहाइ बहुमत पुर्याउन सरकारको पक्षमा १ सय ८३ जना सांसद हुनुपर्नेछ । तर नेकपासँग १ सय ७४ जना सांसद छन् ।

समाजवादी पार्टीका १७ जना सांसद छन् । समाजवादी पार्टीले संविधान संशोधन गर्नेलगायत दुई बुँदे सहमति गर्दै सरकारलाई समर्थन गरेको थियो । तर सोमबार मन्त्रिपरिषद बैठकमा आफूले लगेको प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेपछि सहमति तोडिएको भन्दै उक्त पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकार छाडेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  ११ : २६ बजे