मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पिपिएल फाइनल : चितवनले विराटनगरलाई दियो २०३ रनको विशाल लक्ष्य



काठमाडौं –

पोखरा प्रिमियर लिग  (पिपिएल्) क्रिकेटको फाइनलमा  चितवन राइनोजले विराटनगर टाइटन्सलाई २०३ रनको विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २०३ रनको लक्ष्य दिएको हो ।

चितवनका लागि अनिल साहसँगै विदेशी खेलाडी मुस्ताफाले अर्धशतक बनाए ।पोखरा रंगशालामा ओपनिङमा आएका मुस्ताफाले ५० रन बनाए । कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरे ।

कप्तान पारस २५ रनमा पवेलियन फर्किए । ११ बलमा ४ चौका र १ छक्का प्रहार गरेका किशोर महतोको बलमा नोमन खानमार्फत क्याच भए ।त्यसपछि क्रिजमा आएका बाबर हायत ५ रनमा आउट हुँदा मुस्ताफासँग अनिल शाहले उत्कृष्ट साझेदारी गरे । ३४ बलमा अनिलले ३ चौका र ३ छक्काको मदतमा ५० रन बनाएका थिए । अनिल पुनित मेहराको बलमा क्याच भए ।

आरीफ शेख १९ रनमा जाइद खानको बलमा जितेन्द्रमुखियामार्फत क्याच भए । सन्नी पटेलले १६ र करण केसीले २६ रन बनाए ।विराटनगरका लागि जाइद खान र पुनित मेहराले २ –२ विकेट लिए । किशोर महतोको नाममा १ विकेट रह्यो ।

२०३ रनको लक्ष्य पाएको विराटनगरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

 

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ७ : ५६ बजे