काठ्माण्डौ-
नेपाल एयरलायन्सका कार्यकारी अध्यक्ष मदन खरेललाई एयरलायन्स सञ्चालक समितिले स्पष्टिकरण सोधेको छ । उनले नियुक्ति लिदा एयरलाइन्सलाई सुधार गर्ने भनि गरेको बाचा पुरा हुने कुनै छाटकाट नदेखिएपछी उनलाई सञ्चालक समितिले स्पष्टिकरण सोधेको हो।
अध्यक्ष भएर आएको एक वर्षसम्म पनि संस्थाको आय बढाउने तथा व्यापार विस्तार भन्दा पनि सामन्य जागिरमै मस्त रहेको सञ्चालक समितले आरोप लगाएको छ।साउदी अरबको जिएसए नियुक्तीमा ढिलासुस्ती गरेको,आन्तरिक उडानका लागि ल्याइएका चिनियाँ जहाज उडान नसकेको,जापानको नारिता उडानका लागि तयारी गर्न समय लिएर मनलाग्दी ओसाका उडान गरेको सञ्चालक समितिको बैठक राख्न नसकेको लगायत निगमका बिभिन्न जहाँअज र तीनअका इन्जिन को अवस्थाका बारेमा स्पष्टिकरण सोध्दै विवरण पेस गर्न निर्देशन दिएको छ।
यधपी उनले नेपाल एयरलायन्सलाई सुधार गर्न नसकेकोले स्पष्टिकरण सोधिएको बताइएपनी पनि पर्यटन मन्त्री योगेश भट्टराइनै उनिसित पहेले देखीनै असन्तुष्ट रहेको र मन्त्रीकै भट्टराइ निर्देशनमा अध्यक्ष खरेललाइ स्पष्टिकरण सोधिएको श्रोतले बताएको छ ।
सिधै हटाउदा आलोचना हुने डरले मन्त्री भट्टराइले सञ्चालक समिति मार्फत स्पष्टिकरण सोध्न लागाएर उनलाई हटाउने तयारी गरेको श्रोतले बताएको छ ।