सुनसरी –
बलात्कारको आरोपमा पक्राउ परेका कृष्णबहादुर गिरी ‘सिद्धबाबा’लाई तीनलाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
जिल्ला अदालतका सुनसरीका श्रेस्तेदार नगेन्द्र केशरी पोखरेलले सिद्धबाबालाई धरौटीमा रिहा गर्न आदेश दिएको जानकारी दिए ।न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलाशले उनलाई तीन लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
हिजोबाट सुरू थुनछेक बहस कार्यालय समाप्ति सँगै आजलाई सारिएको थियो ।उनलाई प्रहरीले बिराट नरसिङ होमबाट एम्बुलेन्समा राखी सुनसरी जिल्ला अदालत उपस्थित गराएको थियो ।
अदालत परिषर बाहिर गिरीका अनुयायीहरूले रामनाम भजन समेत गरेका थिए ।
सम्बन्धित समाचार –
कृष्णदासका बारेमा आज अदालतको आदेश आउने : अनुयायिहरु अदालत बाहिर रामनाम भजन गर्दै