मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजदेखि फेरि वर्षा र हिमपात



काठमाडौं । पश्चिमी निम्न चापीय प्ररणालीको प्रभावले आइतबार र सोमबार सफा भएको मौसममा फेरि बदली सुरु भएको छ । पश्चिमी निम्न चापीय प्ररणालीको प्रभावले पश्चिमी भूभागहरुमा सामान्य बदली भई अन्य भागमा आंशिक बदली हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिनभरी देशका पश्चिमी भूभागहरुमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक र सामान्य बदली हुनुका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रहरुको केही स्थानमा भने मध्यम हिमपात हुनेछ ।

त्यस्तै, पश्चिमका केही क्षेत्रमा र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेपनि मंगलबार राति भने देशको पश्चिमी, मध्य र पूर्वका पहाडी भूभागहरुमा सामान्य र बाँकी भूभागमा आंशिक बदली हुनेछ ।

उता, उच्च पहाडी र हिमाली भूभागहरुमा हल्कादेखि मध्यम हिमपात हुनेछ । भने पश्चिमका केही स्थान, मध्य र पूर्वी भूभागहरुका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २२ पुस २०७६, मंगलबार  ३ : ०१ बजे