लन्डन । काराबाओ कप अन्तरगत मंगलबार राति भएको सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। सिटीले म्यानचेस्टर युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
घरेलु मैदानमा म्यानचेस्टरलाई पराजित गर्ने क्रममा म्यानचेस्टर सिटीले खेलको १७ औं मिनेटमा पहिलो गोल गरेको थियो। बर्नार्डो सिल्भाको गोलमा अग्रता कायम गरेको सिटीका लागि ३३ औं मिनेटमा रियाद महरेजले दोश्रो गोल गरे।
त्यसपछि २-० को अग्रता कायम गरेको सिटीले खेलको ३८ औं मिनेटमा तेश्रो गोल उपहार पायो। युनाइटेडका परेइराले आत्मघाती गोल गरेपछि उसले गोल उपहार पाएको हो।
यसरी खेलको पहिलो हाफमा ३-० ले पछि परेको युनाइटेडले खेलको ७० औं मिनेटमा एक गोल फर्कायो। सो गोल मार्कस रासफोर्डले गरेका थिए। रासफोर्डको गोलपछि युनाइटेडले थप भने गोल गर्न सकेन र नतिजा सिटीको पक्षमा गयो।
दुबै टोलीबीचको दोश्रो लेग जनवरी २९ मा हुनेछ।










