मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्युनचापीय वायुको प्रभाव : दुई दिन देशभर वर्षा र हिमपात हुने



काठमाडौं । न्युनचापीय वायुले कारण देशभर दुई दिन हल्का वर्षा र हिमपात हुने भएको छ । काठमाडौं लगायत पश्चिमका क्षेत्रमा बुधबार र बिहीबार केही वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने भएको छ ।

बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही पश्चिम र मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ। पूर्वी भू-भागमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपात हुने सम्भावना रहेको छ।

राती देशभर सामान्य बदली रही पश्चिमका केही स्थान, मध्य र पूर्वका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थान हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार दिउँसो केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार राती पनि पश्चिमका एक/दुई स्थान साथै मध्य र पूर्वका थोरै स्थानमा वर्षाको संभावना रहेपनि शुक्रबारदेखि मौसम क्रमश: सफा हुँदै जाने छ । देशको मध्य र पूर्वी पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको संभावना छ। शुक्रबार राती देशभर मौसम सफा रहनेछ।

देशका केहि स्थानहरूमा वर्षा र हिमपातको कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिन महाशाखाले सचेत गरेको छ ।

प्रकाशित मिति : २३ पुस २०७६, बुधबार  ९ : ३५ बजे