मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हिउँदे झरी अझै लम्बिने, फेरि अर्को वर्षा नेपालमा भित्रिँदै



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीबार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।

यसैगरी, बिहीबार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेपनि महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ ।

नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमबारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७६, बिहिबार  २ : २३ बजे