माघ ४,काठ्माण्डौ-
राजपाले राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेकपासँग भएको तालमेल अनुसार मतदान गर्न पार्टीका तर्फबाट निर्बाचित प्रदेश-२ का प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुखउपप्रमुखलाई मतदातालाई ह्वीप जारी गरेको छ।शनिबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकपछी राजपाले ह्वीप जारी गरेकाे हाे।
दुई पार्टीबीचको सहमति अनुरुप मतदान गर्न राष्ट्रिय सभामा मतदाता हुने पार्टीका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई ह्वीप जारी गरेको संयोजक राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
राजपा र नेकपाबीच प्रदेश–२ मा ४ सदस्यका लागि हुने राष्ट्रिय सभा निर्वाचनमा २२ सिट बाढेर तालमेल भएको थियो।
दुई पार्टीबीच भएको सहमति अनुरुप राजपाले अन्य समूहबाट मृगेन्द्रकुमार सिंह यादव र अल्पसंख्यक समूहबाट शेखर कुमार सिंहलाई र नेकपाले महिला समूहबाट तुलसा दाहाल र दलित समूहबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएका छन्।










